प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता : बामदेब गौतम

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1140 पटक हेरिएको

काठमांडौ, असार १७ । 

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए ।

‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु,’ गौतमलाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने ।

नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । सन्ध्या तिवारीको नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको हो ।

दल दर्ताका लागि निवेदन परेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘निवेदन परेको छ । अहिले विस्तृत जानकारीमा भएन । भोलि कार्यालय समयमा मात्र विस्तृत भन्न सकिएला ।’

नया पत्रिकाबाट साभार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार