जापान, असार ९ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका दाहा मोल्फा घर भई हाल जापानको कुमामोतो शहरमा बस्दै आएका दिपक शाहीको नेतृत्वमा कालीकोटका कोभिड तथा बाढीपीडितलाई १ लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । जिल्ला अस्पताल मान्म र स्वास्थ्य चौकी मोल्फाका कोभिड बिरामी र दाहासेरा लगायतका बाढीपीडितलाई पत्रकार महासंघ कालिकोटको समन्वयमा संकलित १ लाख २ सय ८७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको शाहीले जानकारी दिए । जापानको एक कम्पनीमा काम गर्दै आएका शाही कामसँगै बिभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा पनि त्यत्तिकै रुपमा संलग्न हुदै आएका छन् ।
सामाजिक कार्यमा लागीरहेका शाहीको पहलमा जापानमा बसोबास गर्दै आएका नेपाली, मित्रताको संगालो समाजसेवी ग्रुप र कुमामोतो नेपाली समाजबाट राहत संकलन गरेका हुन् । समाजसेवी शाही देशमा मात्र नभइ बिदेशमा आइपर्ने विद्यार्थीका समस्यालाई पनि उत्तिकै चासो दिँदै आइरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले तीव्ररुप लिएकोले कालिकोट जिल्लाका समस्याहरु देखाउँदै शाही सहयोग संकलनतिर लागिपरेका हुन् । ‘हाम्रो सानो सहयोगले ठूलो घाउमा मलम लगाउन सकिन्थ्यो कि भन्ने उद्देश्यले राहत संकलन गरेका हौं,’ शाहीले भने । कुमामोतो नेपाली समाजका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा बैठक बसी अभियान सञ्चालन गरिएको थियो ।
अभियन्ता दिपक शाहि कालिकोट जिल्लाबासी रहेकोले निजको संयोजकत्वमा सहयोग संकलन गरेको कुमामोतो समाजका अध्यक्ष पवन अधिकारीले जनाए । उक्त सहयोग अभियनमा शाही स्वयमले व्यक्तिगत १०,७७७ रकम सहयोग गर्दै राहत संकलन गरेका हुन् । यस्तै जापानको एक टेलिकम संस्थामा कार्यरत सन्दिप ठडराई १०,६५८ येन, नेपाल घर कान्सेन-११ पाल्पा, जापान अध्ययनरत चिरनजङ शाही १०,००० येन, नेपाल घर माम्न कालिकोट, दिपक श्रेष्ठ ७,७७७ येन, नेपाल घर ज्वालामुखी गाँउपालिका-३ अमराई धादिङका कुक ब्यवसाय गर्दै आएका कला प्रतिभाका त्यत्ति नै चर्चित तिलाराम ढकाल ११,१११ येन सहयोग गरेका थिए ।
यस्तै नेपाल घर नवलपरासी दुम्किबास-२, अनिल शाही ५,५५५ येन, नेपाल घर कालिकोट घोडेना, दिपकराज चौलागाईं ५,५५५, नेपाल घर कैलाली लम्की, प्रकाश बानियाँ ५,५५५, नेपाल घर गोर्खा ताप्लेका कृष्ण मैनाली २,२२२ येन, देबेन्द्र रायमाझी २,२२२ येन, प्रेम कुवार २००० येन, पुस्कर न्यौपाने २००० येन, रोशन बिके २,००० येन, बेदराज ठडराइ १५५५ येन, रमेश तामाङ ११११ येन, विदुर गौतम ११११ येन, उज्वल भट्टराई १००० येन, युवराज शर्मा ११११ येन, आकाश सुनार १००० येन, हरिचन्द्र उपाध्याय १००० येन, सन्त तामाङ ११११ येन, पवन लामा ११११, विकास मगर १००० येन, मनिश पौडेल १००० येन, पवन अधिकारी १०००, सुन्दर बास्तोला १०००, कपिल तिमल्सिना १००० येन, दामोदर वोस्ती १००० येन, अभिषेक दाहाल १०००, सुमन लामिछाने १००० येन, आशीष गुरूङ १००० येन, चन्द्र रिजाल १०००, बिनोद बस्नेत १००० येन सहयोग गरेका थिए ।
संकलित रकम जापानिज येन १ लाख ५ सय ४२ येन, नेपाली रकम रु १ लाख ५ हजार २ सय ८७ रकम शाहीले कुमामोतो नेपाली समाजमार्फत नेपाल पत्रकार महासंघ जिल्ला शााखा कालिकोटसँगको समन्वयमा पत्रकार महासंघ कालिकोटको खातामा पठाएको पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्टले बताए । शाहीको पहलमा आएको रकमलाई कालिकोट जिल्ला हस्पिटल मान्म, स्वास्थ्य चौकी मोल्फा र बाढीपीडितलाई ईमान्दारिताका साथ जस्ताको तस्तै सम्बधन्धित निकायसँग समन्वय गरी वितरण गरिने जानकारी पत्रकार दिलीप शाहीले दिए ।