काग्रेसको १४ औँ महाधिबेशन एक हप्ता पछि सर्यो, भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौँमा गर्ने निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  417 पटक हेरिएको

काठमाण्डौँ, जेठ २९ । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उहाँले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो । सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो । महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार