भारतमा जहाज दुर्घटना हुदाँ ५० जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  296 पटक हेरिएको

भारत, जेठ २९ ।

भारतमा बिहीबार दिउँसो जहाज दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको जनाएको छ। एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:३८ बजे बेलायतका लागि उडान भरेको थियो।

जहाज टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करले जहाज उडेको दुई मिनेटमै दुर्घटनामा परेको उल्लेख गरेको छ।

साथै हिन्दुस्तान टाइम्सले उडेको पाँच मिनेटमा जहाज दुर्घटना भएको उल्लेख गरेको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडिओमा उडिरहेको जहाज तल खसिरहेको देखिन्छ। त्यसपछि घरमा ठोक्किएको दैनिक भास्करको समाचारमा उल्लेख छ। जहाजमा २ जना पाइलटसहित क्याबिन क्रूका १० सदस्य र २३० यात्रु रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार