काठमाण्डौँ, जेठ २८ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभामा सहभागि भएका दलका शिर्ष नेताहरुसँग छलफल गर्ने भएका छन । सभामुख सापकोटाद्धारा बोलाईएको छलफलमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अरू दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ। समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।
छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए। सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ। बैठक आज अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जाने÷नजाने अहिले निश्चित भइसकेको छैन।
प्रधानमन्त्रि र राष्ट्रपतिको मिलेमतोमा बारम्बार संसद भंग गर्दै आएपछि नेपालको राजनितिक परिबेशमा पनि धुब्रिकरण देखिएको छ । पहिलो पटक पुष ५ मा गरेको संसद बिघटनलाई सर्वोच्चले अदालतले बदर गर्दै संसद बिघटन संबिधान बिपरित रहेको भन्दै पुनस्थापना गरेको थियो । पुनः प्रधानमन्त्रि ओलिबाट संसद बिघटन गरेपछि त्यस बिरुद्ध बिपक्षी गठबन्धनले सर्वोच्चमा रिट दर्ता गरेका छन र त्यस बिरुद्धमा बहस पनि शुरु भैसकेको छ । सभामुखद्धारा यसभन्दा अघि पनि बिभिन्न कानुनबिदहरु, संबिधानबिद, लगायतसँग छलफल गरिसकेका छन । त्यसै सन्दर्भमा आज दलका शिर्ष नेताहरु र पुर्व प्रधानमन्त्रि ज्युहरुसँग छलफल गर्न लागिएको हो ।