नेपालमा थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  524 पटक हेरिएको

काठमाडौं, जेठ २८ । 

नेपालमा बुधबार थप  २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  ४ हजार ३६४ पुगेको हो ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना महिला र २३ जना पुरुष सहित २५ जना, जाजरकोटका ३ जना पुरुष र सुर्खेतका ३ जना महिला र ६ जना पुरुष सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका एकजना पुरुष, कैलालीका एक बालिका र एक महिला सहित १० जना पुरुष, कञ्चनपुरका २ जना पुरुष र डडेल्धुराका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १० जना पुरुष, कपिलवस्तुका एक महिला र बालक सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा धादिङका १६ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये ४ जना महिला र १२ जना पुरुष रहेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा धनुषाका ११ जना पुरुष, गोरखाका १ जना महिला र ३ जना पुरुष सहित ४ जना कपिलवस्तुका एक बालिक सहित ३ महिला र अन्य पुरुष गरी २२ जना, नुवाकोटका १ जना पुरुष, रौतहटका १ जना महिला र ५१ जना पुरुष सहित ५२ जना, सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिराहाका एकजना पुरुष र उदयपुरका एकजना महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार