काठमाण्डौँ, जेठ २६ ।
प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा आजबाट सुनुवाइ शुरु भएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासमै सुनुवाइ अघि बढाएका हुन्। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास बस्न सकेन। सर्वोच्च अदालतले बुधबारका लागि संवैधानिक इजलास बस्ने जानकारी दिएको थियो।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए। इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो।
आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने निवेदन दिएका थिए। सरकार पक्षका न्यायधिशहरुले नै ईजमाथि प्रश्न उठाएपछि ईजलास हेर्दाहेर्दैमा राखिएको थियो । आजबाट उक्त संसद बिघटन बिरुद्धको मुद्धाको सुनुवाई शुरु भएको हो ।