पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारको क्रममा मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  584 पटक हेरिएको

पोखरा, जेठ २६ ।   

स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भकाे थियाे । त्यसपछि प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो ।

हालसम्म सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले सोमबार बिहानै विज्ञप्तिमार्फत मृत्युको पुष्टि गरेका हुन् । प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार