जापान, जेठ २४ ।

नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न फुकुओकामा हुन लागेको नेपाल भेस्टिवलमा स्टल बुकिङ खुल्ला गरिएको छ । आउँदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवलको तयारी सहित विभिन्न गतिविधिलाई तिब्रता समेत दिइएको छ ।
एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगायत क्युस्युमा अवस्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरुको आयोजनामा ,नेपाली बाणिज्य दुताबास फुकुओकको बिशेष सहयोगमा हुन लागेको नेपाल भेस्टिवलले जापानी नागरिकलाई नेपालबारे जानकारी दिन समेत सहज हुने बताइएको छ ।




481 पटक हेरिएको 
















