गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३१६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  527 पटक हेरिएको

पोखरा, जेठ २२ । 

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्।

बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र १ जना महिला, वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुष गरि जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

यस्तै स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै पर्वत जिल्लाको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यसैगरी म्याग्दी जिल्ला मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार