
काठमाण्डौँ, जेठ १८ ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। ४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।
थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो। कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ। नेपाली राजनितिमा एक उदाहरणीय नेताको रुपमा युवाको ढुकढुकीमा बस्न सफल नेता हुन उज्वल थापा ।
राजनिति एक स्वच्छ, निष्ठा र पद भन्दा माथि उठेर समाजको लागि गरिने देन हो भन्ने उदाहरण दिन सफल नेताको रुपमा लिईन्छ । कोरोना संक्रमण भई अस्पताल भर्ना भएका नेता थापाको उक्त खबरले बिश्व भरी छरिएर रहेको नेपालीहरुले खुलेर श्रद्धा भाब ब्यक्त गर्दै छोटो समयमा नै लाखौ रकम संकलन पनि गर्यो तर अन्तमा बिबेकसील साझाका संस्थापक अध्यक्ष तथा आस्थाका धरोहर हाम्रो माझ रहेनन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
बिबेकसिलका नेता थापाको अबस्था गम्भिर, भेन्टिलेटरबाट निकालिएको जानकारी




523 पटक हेरिएको 
















