काठमाडौं, जेठ १८ ।
कोरोना संक्रमणबाट ग्रसित विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । नेता थापाको स्वास्थ्य अवस्था गम्भिर रहेको बुझिएको छ । यद्यपि, हालसम्म अस्पतालले उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।
परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए । कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो । तर पछिल्लो समय निजको स्वास्थ्य अवस्थालाई चिन्ता लिदै बिश्वभरिका युवाहरुले उपचारको लागि आर्थिक संकलन समेत गरेको थियो । सामाजिक संजालमा भने उज्वलको निधन भईसकेको खबर सार्वजनिक भईसकेको छ केहि समयमा आधिकारीक जानकारी आउने अनुमान गरिएको छ ।