आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  303 पटक हेरिएको

काठमाण्डौँ, माघ २३ । 

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसिका आगामी निर्वाचनका अध्यक्ष प्रत्यासी डा. बद्री के.सी लगायतका एनआरएनए अभियान्ताहरुको आज सम्पन्न पत्रकार सम्मेलनमा बिबिध बिषयमा छलफल तथा अन्तक्रिया सम्पन्न भएको छ । उक्त पत्रकार सम्मेलनमा बिभिन्न देशबाट संलग्न पत्रकारहरुबाट राखिएका जिज्ञासाहरुलाई अध्यक्षका प्रत्यासी डा. बद्री के.सी, महासचिबका प्रत्यासी गौरी के.सी, सचिबका प्रत्यासी रामशरण सिमखडा, जापानबाट ओम गुरुङ्ग लगायतले जवाफ दिएका थिए । एनआरएनए आईसिसिको रोकिएको निर्वाचन सम्बन्धमा बिभिन्न अभियान्ता ज्युहरु राजनितिक आडमा संस्थामा राजनितिक हस्तक्षेप निम्त्याएको आरोप लगाएका छन । गैर आवासीय नेपाली संघ जापान, युके, अष्ट्रेलिया र अमेरिकामा देखिएको निर्वाचनमा एमआईएस सिस्टममा देखिएको दुरुपयोगका कारण देखिएको बिबादका कारण आईसिसिको निर्वाचन हाल रोकिएको अवस्था छ । बिबाद समाधानका लागि बिभिन्न चरणमा भएको प्रयासका कारण आगामी २८ तारिक निर्वाचन हुने अध्यक्षका प्रत्यासी डा.बद्री के.सीले जनाएको छ ।

बिभिन्न देशहरुले निर्वाचन प्रतिनिधि शुल्क नतिरेका देशका प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन नपाईने स्पष्ट पारेका छन । पछिल्लो समय एनआरएनएको बिबिाद सरकार, अदालत हुदै अन्त्यमा प्रहरी साईबर क्राईममा समेत पुगेको अबस्था छ । एनआरएनए जापानमा भएको निर्वाचन र एमआईएसको दुरुपयोग सम्बन्धि परेको मुद्धामा आईसिसिका अभियान्ता अध्यक्ष, महासचिब कोषाध्यक्ष लगायतलाई पत्र काटेसँगै एनआरएनए अभियान्ताहरु सशंङ्कित समेत बनेका छन । एनआरएनएको मुद्धा नेपाल सरकार, अदालत हुदै नेपाल प्रहरी साईबर क्राईमसम्म जानु दुखद रहेको अबस्था छ । आजको पत्रकारमा संलग्न बिभिन्न देशका पत्रकारहरुको प्रमुख प्रश्न नै एमआईएसको प्रयोग त्यसको प्रयोगको लागि आबश्यक कार्यबिधिको कमि, एनआरएनएमा राजनितिक हस्तक्षप लगायतका बिषयबस्तु नै रहेको थियो । उक्त पत्रकार सम्मेलनमा जापानबाट संलग्न भिजनअनलाईन न्युजका संचालक तथा पत्रकार सन्तमान शाक्यको प्रश्नमा एमआईएस सिस्टमको प्रयोगमा एनसिसिहरु असक्षम, कार्यबिधि (TOR) प्रयोगमा चुकेको स्वीकार गरेका छन । आगामी दिनमा सबै देशमा एमआईएस सिस्टमबाट निर्वाचन भएको खण्डमा कार्यबिधिको निर्माण तथा संशोधन गरी तदारुकताका साथ लागु गर्ने अध्यक्षका प्रत्यासी डा.बद्री के.सीले प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको छ । तर, अथक, प्रयत्न, हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण छ ।

गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको यहाँहरुलाई विदितै छ । यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।

यहाँ म, स्मरण गराउन चाहान्छु, कि संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि,विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ । त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको ९जनवरी० पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको विदितै छ ।

प्रोस बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार