दरबार हत्याकाण्ड भएको १९ बर्ष पुग्यो, घटना अझै रहस्यमय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1257 पटक हेरिएको

काठमाडौँ, जेठ १९ ।  

 

पूर्व राजा वीरेन्द्र शाहसहित दश जनाको ज्यान जानेगरी रहस्यमयी तबरले दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुरा भएको छ । वि.स. २०५८ जेठ १९ गते (आजकै दिन) तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमयनै रहेको छ।

उक्त दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई ‘दरबार हत्याकाण्ड’ का नामले चिनिन्छ। तत्कालीन द्वन्दकालमा राज्यपक्ष र तत्कालीन माओबादी बिद्रोहि बिच द्वन्द बढीरहेको अबस्थामा एकाएक दरबार हत्याकाण्ड भएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो।

हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाएको थियो । उक्त समितिले यूवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि ‘भुटुटु’ गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार