आज दिन भरी १७० जना संक्रमित पुष्टि, संक्रमित संख्या १२ सय १२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  575 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १६ ।   

 

पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेसमिट कार्यक्रममा जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनामा नया रिपोर्ट पोजेटिभ आएको छ । भरतपुरमा गरिएको परीक्षणमा ४ जना र राप्तीमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भैरहवामा गरिएको परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कचनाकवल गाउँपालिकाका २४ जना र तयारी भिट्टाका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा गरीएको थियो । यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका ४ जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रेस मिटमा जनाएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ । उनी अहिले पाटन अस्पतालमै रहेको पाइएको छ । हालसम्म २०६ जनाले स्वास्थ्यलाभ लिई घर फर्किएका छन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार