काठमाडौं, जेठ १६ ।
नेपाल सरकारले हिजो जेठ १५ गते नेपालको लागि आर्थिक बर्ष २०७७/०७८को लागि बजेट भाषण सम्पन्न गरेको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २६ करोड रकम विनियोजन गरेको जनाएको छ ।
स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई सुरु गर्न आवश्यक रकम विनियोन गरिएको छ । सबै स्थानीय तहमा खेलग्रामको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधारको कमी भएको कर्णली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्नेगरी उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने र थप कभर्ड हल निर्माण गरिनेछ । कार्यलाई अघि बढाइने बताइएको छ ।
यसै पनि कम हुने युवा तथा खेलकुद मन्त्रालयको बजेट युवा परिषद्, स्काउट, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र युवा स्वरोजगार कार्यक्रम गरी चार शीर्षकमा विभाजन हुनेछ । तर, बजेटको ठूलो हिस्सा भने राष्ट्रिय खेलकुद परिषद्ले पाउनेछ ।