गणतन्त्र दिवसका अवसरमा छुट्ने गरी राष्ट्रपतिबाट ४३० कैदीलाई आममाफी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  435 पटक हेरिएको

काठमाडौँ, जेठ १४ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ४३० कैदीलाई आम माफी दिएकी छन् । बिभिन्न अपराधमा जेल परेका उनीहरु गणतन्त्र दिवसको अवसरमा रिहा हुनेछन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार