आज दिनभरमा १ सय १४ जना नयाँ संक्रमण पुष्टि , कुल संक्रमितको संख्या ८ सय ८६ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  720 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौं, जेठ १४ ।

देशभर आज नयाँ कोरोना संक्रमणको संख्या ११४ जना पुष्टि भएको छ । आज दिउसो मात्रै धरान, विराटनगर, काठमाण्डौ, मकवानपुर, भेरी, राप्ती लगायतका प्रयोगशालामा भएको परीक्षणमा अहिले सम्मकै एकै दिनमा सबै भन्दा धेरै १ सय १४ जना संक्रमित थपिएका हुन । यो सगँै देशभर संक्रमितको सख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने हालसम्म ४ जनाको मृत्यु भएको छ । १ सय ८३ जना भने निको भएर घर फर्किएका छन् ।

सप्तरी, झापा, बाग्लुगं, रौतहट, सिराहा, बारा, दाङ लगायतका जिल्लामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जना , कोशी प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा मकवानपुरका १ र रौतहटका ७ जना , पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जना , दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना, बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना, २८ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संख्क्रमणको संख्या ८८६ पुगेको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार