जातीय हिंसाको पराकाष्ठ :–रुकुम घटना छानबिनको लागि ५ सदस्यीय छानबिन टोलि गठन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  873 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १३ । 

केहि दिन अघि रुकुमको चौरजहारी नगरपालिका रुकम पश्चिममा घटेको हिंसात्मक घटनामा ३ जनाले ज्यान गुमाए भने ३ जना अझै बेपत्ता छन । सरकारले रुकुममा घटेको उक्त जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका थिए ।

गृमहन्त्रीका अनुसार उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता रहेको पनि संसदमा जानकारी गराएका थिए । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो । हालसम्म उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ भने अन्य ३ जना बेपत्ता रहेको पनि गृह मन्त्रि रामबहादुर थापाले जानकारी गराएको छ । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए । हालसम्म फेला नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले संसदमा जानकारी दिए । उक्त घटनामा रुकसम पश्चिम र जाजरकोटको स्थानीय निकाय बिच सहकार्यमा काम भईरहेको पनि जानकारी गराएका छन । उक्त दुखद घटनाको निश्पक्ष तबरबाट छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि दलित सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार