नेपाल भारत सिमा बिबादमा सरकार, राजनितिक दल, सिमाबिद र पत्रकार सबै एकैठाउँमा (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  937 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, जेठ ११ ।

बिश्व कोरोना भाईरसबाट ग्रस्त भईरहेको सम्बन्धमा त्यसको प्रत्यक्ष प्रभाब मात्र नभई हालसम्म नेपालमा पनि ६०३ जना संक्रमित भईसकेको छ । हालसम्म ३ जनाले ज्यान गुमाईसकेको अबस्था छ । बिश्व महामारीसँग जुधिरहेको सन्दर्भमा नेपालको एकमात्र असल छिमेको समेत दाबि गर्दै आएको छिमेकि राष्ट्र भारतले जब नेपाली समस्यामा पर्छ तब नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै आएको थियो र त्यो आज पनि दोहोरिएको छ ।

बि.सं२०७२ सालको महाभुकम्पसँग जुधिरहेको नेपाललाई नाका बन्दि गरेर दुःख दिदै आएको भारत आज फेरि कोरोनाको यो बिषम परिस्थितिमा नेपाल भुभाग भित्र चिनसँगको नाका जाड्ने मानसरोबर जाने सडक बनाएर उद्घाटन समेत गरी सके जुन नेपालको सहमति नरहेको अबस्थामा नेपाल सरकारले पनि त्यसको प्रतिबाद कुनै झगडा तथा बैमनस्य तबरबाट नभई बौद्धिक र बुद्धिमताका साथ एकाएक नेपालको लिम्पिराधुरा, लिपुलेक र कालापानी सहितको नक्सा सार्वजनिक गरेर त्यसको जोडतोड जबाब दिईसकेको छ । नेपालले नयाँ राजनितिक तथा प्रशासनिक नक्सा सार्बजनिक गरिसकेपछि हाल दुई देश बिचको सिमा बिबादले प्राथमिकता पाएको छ ।

यस बिषयमा पछिल्लो समय दुई देशको राजनिति मात्र नभई संचार माध्यममा समेत प्राथमिकता पाएको छ । भारतिय सँचार माध्यमको पछिल्लो रबैया नेपाली गोर्खालिको रगत उमालेको छ तर नेपाली यस बिषयमा संयम छ नेपाल आजपनि कुटनितिक तबरबाट नै दुई देशको सिमा बिबादलाई अन्य गर्नुपर्छ भन्ने पक्षमा नै छ । भारत भने नेपाल सरकारले सार्बजनिक गरेको नयाँ नक्सालाई अस्वृकार गर्दै नेपालको प्रस्ताबलाई समेत बेवास्ता गर्दै बार्ता र संबादमा बस्न तयार छैन ।

संचार माध्यममा पछिल्लो समय कोरोनाको प्रभाबले भन्दा पनि नेपाल भारत सिमा बिबादले प्राथमिकता पाईरहेको सन्दर्भमा नेपाल भारतका बिज्ञहरु सहित पहिलो टेलिभिजन बहस चलाएका न्युज २४ टि.भि स्थित सिधा कुरा जनतासँगको कार्यक्रमका संचालक रबि लामिछाने पुनः नेपालको सिमा बिबाद सम्बन्धि नेपाल सरकार, नेपाली राजनितिक अबस्था, सिमाबिद र संचार माध्यमको भुमिकाका सन्दर्भमा अत्यन्त सान्र्दभिक बहस गरेका छन । नेपाल सरकारका माननीय संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराई, नेपाली कांग्रेसका नेता माननीय गगन थापा, जनता समाजबादी पार्टीका नेता माननीय राजेनद्र महत्तो, सिमाबिद बुद्धिनारायण श्रेष्ठ र नयाँ पत्रिकाका सम्पादक उमेश चौहानसँग गहन बहस गरेका छन जुन नेपालको पछिल्लो परिबेशमा सान्दर्भिक र महत्वपुर्ण रहेको छ । उक्त संबादलाई हामिले पनि तल समाबेश गरि तपाईहरु माझ प्रस्तुत गरेका छौँ ।

बिषेश बहस सिधा कुरा जनतासँग (सिमाबिबादमा केन्द्रित)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार