माधब नेपाल सहितका बिपक्षी नेताहरु सर्बोच्चको लाईनमा, रिट दर्ताको लागि सांसदहरुको सनाखत सुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  496 पटक हेरिएको

काठमाडौं, जेठ १० ।  

विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले माधब नेपाल सहित बिपक्षी दलले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।

संसद विघटनलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् । पुस ५ गतेको संसद बिघटनलाई असंबैधानिक घोषणा गरेको सर्बोच्चले हालको बिघटनलाई बैध्यता दिन्छ वा असंबैधानिक घोषणा गर्छ त्यो भने हेर्न बाँकी छ । आज बिपक्षी दल सहित नेकपा एमालेका माधब नेपाल समुहका २६ सांसद सहित १४६ सांसदले संसद बिघटन असंबैधानिक र राष्ट्रपतिले बहुमत सांसदको हस्ताक्षरलाई समेत बैध्यता नदेकोले १४६ सांसद प्रत्यक्ष उपस्थित भई आज नेपाली काग्रेसका संसदीय दलका नेता शेर बहादुर देउबालाई प्रधानमन्त्रि नियुक्त गर्न माग गर्दै रिट हाल्न उपस्थित भएका हुन ।

अहिले बिपक्षी गठबन्धनका सांसदहरु प्रत्यक्ष सर्बोच्चमा उपस्थित भई तिनपुस्ते सहित सनाखत गराउने गरी लाईनमा बसिरहेका छन । अबको केहि समयमा रिट दर्ता हुने उपस्थित नेता गगन थापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार