काठमाडौं, जेठ ७ ।
जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए । जसपाका नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताए ।
पछिल्लो नेपाली राजनितिक घटनाक्रमको निर्णायक शक्तिको रुपमा रहेको जसपा भित्र पनि स्पष्ठ दुई धार देखिएको छ । महन्त ठाकुर र उपेन्द्र यादब समुह बिच अहिले पनि पार्टीभित्र समानान्तर दुई धार स्पष्ठ देखिदै आएको छ । एक पक्ष भने सरकारको बिकल्प अहिलेको आबश्यकता भन्दै आएका छन भने ठाकुर समुह ओलिको सरकारलाई नै निरन्तरता दिने वा नदिने भन्ने दोधारमा नै रहेको देखिन्छ ।