पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ को मृत्यु, ८,१७३ संक्रमित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  290 पटक हेरिएको

काठमाडौं, जेठ ५ ।

कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार