बाँके र मकवानपुरमा ९ जना नयाँ कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  967 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख २ ।

शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

मन्त्रालयबाट जारी बिज्ञप्ति

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार