नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितहरुको संख्या २४५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  568 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १ ।  

 

नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयद्वारा जारी बिज्ञप्ति 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार