प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता रामेश्वर थापाको घरमा सुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  417 पटक हेरिएको

काठमाडौं, वैशाख ३० ।  

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए । नेता नेपाल र प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष ओलि बिचको आजको भेटलाई महत्वका साथ हेरिएको छ । दुई नेता बिच सहमति हुन्छ कि हुदैँन भन्ने आम जनताको चासोको बिषय बनेको छ । सहमति भएन भने के नेपाल पक्षका सांसदहरुले पदबाट राजिनामा दिन्छत त्यो भने हेर्न बाँकी छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीद्धारा दलहरुलाई आज बेलुकि ९ बजेसम्म सहमतिको सरकार गठनको लागि समयसिमा दिएको छ । बहुमत जुटाउन नसकेको अबस्थामा पुन ओलि ठुलो दलको हैसियतले प्रधानमन्त्रि नियुक्ति हुने संबैधानिक प्राबधान छ । उता महन्त ठाकुरको समुह पनि आन्तरिक छलफलमा जुटेको छ । आज बिपक्षीले बहुमतको सरकार गठन गर्ने सम्भावना भने न्युन बन्दै गएको छ । यदि महन्त ठाकुरलाई सरकारको नेतृत्व दिन दलहरु तयार भएमा मात्र ओलि सरकारलाई बिस्थापित गर्न सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार