कपिलबस्तुको एक स्वास्थ्यकर्मी सहित ४ पत्रकारमा समेत कोरोना संक्रमण देखियो, स्वास्थ्यकर्मिहरू त्रसित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  574 पटक हेरिएको

vision-online-advertise

कपिलवस्तु, बैशाख ३०।

तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट भने नेगेटिभ आएको जनाएको छ ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

जोखिममा स्वास्थ्यकर्मी

तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसार–पसार, बिरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री उप्लब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विभागको टोली कपिलवस्तुमा

पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बनेको कपिलवस्तुमा थप सावधानी अपनाउन र संक्रमितको कन्ट्रयाक टे«सिङ्ग गर्नका लागि टोली मंगलबार कपिलवस्तु आइपुगेको छ ।

स्वास्थ्य विभागबाट राम नेपालीको संयोजकत्वमा ४ सदस्यीय टोली कपिलवस्तु आइपुगेको हो । टोलीले संक्रमित भेटिएका ५ वटा स्थानमा सूक्ष्म ढंगले कन्ट्रयाक ट्रेसिंग गर्ने बताएको छ ।

आज भेटिएका मध्य ४ जना पत्रकारमा समेत कोरोना पोजेटिभ भेटिएपछी पत्रकार समेत जोखिम बढेको छ । आवश्यक सावधानिपूर्वक काम नगर्दा पत्रकारमा संक्रमण देखिएको हो । देशको सम्पूर्ण खबरहरु जनता तथा पाठक बर्ग सम्म पूर्याउने पत्रकारमा समेत संक्रमण देखिए पछी पत्रकारहरु समेत त्रसित बनेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार