
काठमाडौं, बैशाख ३० ।

नेपालमा आज एकै दिन ५७ जनामा नया कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितहरुको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।
मन्त्रालयको प्रेस बिज्ञप्ति





677 पटक हेरिएको 
















