ललितपुर जावलाखेलकी कन्चन अमात्य अमेरिकामा शाही सम्मान साथ मानवता सेवा पुरस्कारबाट सम्मानित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  591 पटक हेरिएको

vision-online-advertise 

अमेरिका, बैशाख ३० । 

ललितपुरको जावलाखेल स्थाई घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्रदान गरीएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान दिएको हो ।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भइसकेकी थिइन् । उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

आमाले ग्रहण गरिन् पुरस्कार 

उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरिन् । पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले भनिन्, ‘एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु ।’

कन्चनले भनिन्, ‘अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा पाएको यो पुरस्कार म विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । र जसले सबै कठिनाइहरूको बाबजुद पनि मेरो उत्तम पालनपोषण गरिन् ।’

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार