कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  771 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख २९ ।

नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या मात्र २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

सक्रमितहरु यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् र, उनीहरु लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आएका थिए ।

सोमबार साँझ आएको रिपोर्टमा यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा मात्र संक्रमितको संख्या २१ पुगेको छ ।

संक्रमितको संख्या बढेसँगै कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

रुपन्देहीमा ६ जना संक्रमित

रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये चार जना सम्मरीमाई र दुई जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् । उनीहरू लकडाउनको समयमा लुकिछिपी भारतबाट आएको पाइएको छ । ‘अहिले हामीले भारत र तेस्रो मुलुकबाट आएकाहरुको बढी परिक्षण गरिरहेका छौं’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘सोमबार थपिएका संक्रमितहरु केही दिन अगाडि सुरक्षाकर्मीलाई छलेर भारतबाट आएको पाइएको छ ।’

उनीहरुलाई थप उपचारका लागि बुटवलमा रहेको कोरोना बिशेष अस्पताल ल्याइदै छ ।

मन्त्रालयद्वारा जारी बिज्ञप्ति

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार