बिराटनगरमा उपचाररत २ कोभिड-१९ का बिरामी स्वास्थ्यलाभ लिई घर फर्किए, निको हुनेको संख्या ३२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1216 पटक हेरिएको

vision-online-advertise
बिराटनगर, बैशाख २८ ।

नेपालमा थप दुई जनाले कोरोना जीतेका छन् । बिराटनगरको कोशी अस्तालमा उपचार गराईरहेका दुई जनाले कोरोना जीत्न सफल भएका हुन् । यो सगैँ कोरोनाबाट निको हुनेको संख्या ३२ पुगेको छ ।
यस अघि शुरुमा ६ जना र पछि ८ जना गरी १४ जना डिस्चार्ज भएका थिए । प्रदेश एक बाट मात्रै १६ जना स्वास्थ्यलाभ लिई डिस्चार्ज हुन सफल भएका छन् ।

भोजपुर हतुवागडी गाउँपालिका–६ का २६ वर्षिय उपेन्द्र राई र झापा बाहू्रदशीका ४० वर्षीय मुजाइर आलम डिस्चार्ज हुन सफल भएका हुन् । उनीहरुमध्ये राई बैशाख १३ गते र आलम १४ गते भर्ना भएका थिए । उनीहरुलाई अस्पताल प्रागणमा फुल दिएर सामाजिक विकास मन्त्रालयका सचिव रबीलाल पन्थ र अप्पतालका अधिकारी तथा चिकित्सकहरुले बिदा गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख एवं कोभिड१९ उपचार केन्द्र व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले डिस्चार्जबारे जानकारी दिनुभयो । हाल देशभर ८७ जनाको उपचार भईरहेको छ भने देशभर कुल संक्रमित १ सय १० रहेका छन् । आज कुनै पनि संक्रमित थपिएका छैनन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार