बामदेबलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय, स्थाई समितिको बैठक बैशाख २५ गते बोलायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  670 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौं, बैशाख २० ।

नेकपा भित्र देखिएको विभाजन र अंतरसंघर्षका बिच आज सचिवालय बैठक बसेको थियो । नेपकाका अध्यक्ष तथा प्रधानमन्त्रि समेत रहेका के.पि शर्माले एकाएक दुई अध्यादेश मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपतिबाट जारी गराएपछी उत्पन्न बिबादले उग्ररूप लिए पछी पार्टी भित्र र बाहीर प्रधानमन्त्रि ओलिको तिव्रबिरोध समेत भएको थियो । अध्यादेशबाट सृजित बिबादले राष्ट्रपतिलाई समेत बिबादमा तान्यो भने प्रधानमन्त्रि समाजबादी पार्टी फुटाउन सांसद अपहरण गरेको आरोप समेत लाग्यो । पार्टी भित्र र बाहीरबाट समेत प्रधानमन्त्रिले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग समेत तिव्र रूपमा उठेको थियो ।


पेचिलो आन्तरीक विवादमा फसेको नेकपाले अन्ततः स्थायी समितिको बैठक बोलाउने र बामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेद्धार बनाउने निर्णय गरेको छ । बालुवाटारमा आज साझँ बसेको बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेद्धार बनाउने निर्णय गरेको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
उपयुक्त समय कहिले हो , कसरी हुन्छ भन्ने बारेमा श्रेष्ठले केही खुलाउनु भएन । स्रोतका अनुसार संघीय ससदका नेकपाका कुनै एक सांसदलाई राजीनामा गराएर गौतमलाई उम्मेद्धार बनाई अर्को उपनिर्वाचन गराउने रणनीति नेकपाले बनाएको छ ।

यस अघि भएको उपनिर्वाचनमा रबीन्द्र अधिकारीको निधनपछि रिक्त स्थानमा उठाउने हल्ला चले पनि पछि उठाईएको थिएन । त्यसै गरी कहिले डोल्पाका सांसदलाई राजीनामा गराउने र कहिले काठमाण्डौंका रामबीर मानन्धरलाई राजीनामा गराएर उम्मेद्धार बनाउने चर्चा चले पनि चौतर्फी आलोचना पछि त्यो निर्णय कार्यन्वयन भएको थिएन । वामदेव गौतमलाई प्रधानमन्त्रीले प्रस्ताव राखे बमोजिम अब प्रधानमन्त्री बनाउने ढोका खोल्न उम्मेद्धार बनाउने निर्णय भएको हुन सक्ने बताईएको छ । राष्ट्रिय सभामा लैजाने यस अघिको निर्णय उल्ट्याउदै पछिल्लो यो निर्णय भएको हो ।

साथै आजको बैठकमा पार्टी भित्र छलफल नगरी अघि बढेको, अध्यादेश ल्याएको जस्ता बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । यसै गरी २० जना स्थायी समिति सदस्यले लिखित रुपमा बैठकको माग गरेको सन्दर्भमा आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय पनि सचिवालयले गरेको छ ।
योसगैँ तत्कालका लागि नेकपा भित्रको अन्तरविरोध मत्थर हुने देखिएको छ । यस अघि प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आए पनि आज नयाँ निर्णयमा सहमत भएको बुझिएको छ । यसै गरी पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का बनाएर लैजान समेत नेताहरु तयार भएको प्रवक्ता श्रेष्ठले बताए ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार