
जापान, बैशाख १९ ।

बिश्व हाल कोरोना भाईरसको महामारीबाट आक्रान्त भईरहेको अबस्थामा जापानमा बस्ने नेपाली समुदाय पनि त्यसबाट प्रत्यक्ष प्रभाबित बनेको छ । जापानमा पनि यसको प्रभाब अधिकतम नेपाली बिद्यार्थीमा देखिन थालेको छ । कति बिद्यार्थीहरुमा काम नपाउनुको पिडा त छदै छ । त्यसको अलावा पनि अन्य धेरै समस्याहरु नेपाली बिद्यार्थीमा देखिएको छ । हिजो जापानको फुकुओकाबाट संचालित मसला टि.भि फुकुओकोले जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली बिद्यार्थीहरु माझ गरिएको अन्तरक्रिया कार्यक्रममा पनि धेरैको गुनासो र समस्याहरु आएको थियो ।
त्यस मध्ये अहिले हामीले जापानको फुकुओका स्थित केईजाई दाईगाक्कोमा अध्ययनरत नेपाली बिद्यार्थी जो आफ्नो पढाई सकाएर रोजगार भिषाको प्रतिक्षामा बसिहेका थिए । तिनै बिद्यार्थीसँग मसला टि.भि फुकुओकाले आयोजना गरेको अन्तक्रिया भिजन अनलाईन न्युजको संचालक तथा कार्यक्रम प्रस्तोता सन्तमान शाक्यले लिएको भिडियो अन्तवार्ता तपाईहरु माझ प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ।




1771 पटक हेरिएको 
















