लकडाउनको समयसिमा १० दिन थप गर्ने मन्त्रिपरिषदको निर्णय, बैशाख २५ सम्म लकडाउन जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  811 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १४ ।

नेपालमा कोरोना संक्रमणको संख्या दिनप्रति दिन बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै एक साता लम्ब्याउन सिफारिस गरे पनि सरकारले भने दश दिन थप गर्ने निर्णय गरेको हो ।

सरकारले ११ चैतबाट लकडाउन लागू गरेकोमा यो पाँचौ पटक समय थपिएको हो । पछिल्लो पटक समय थप्दा बैशाख १५ सम्मका लागि भनिएको थियो ।

शुरुमा पहिलो पटक चैत ११ देखि बन्दाबन्दी घोषणा गर्दा चैत १८ गतेसम्मका लागि भनिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म, तेस्रो चरणमा वैशाख ३ सम्म र चौथो चरणमा वैशाख १५ सम्मका लागि लम्ब्याइएको थियो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार