कोरोना संक्रमित मध्य उपचार पछी निको भई घर फर्कनेको संख्या १२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1052 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १३ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कोरोना बिशेष पत्रकार सम्मेलनमा शुक्रबार साझँदेखि शनिबार अपराह्नसम्म नेपालमा थप कोरोना संक्रमित फेला नपरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार साझँ झापाको दमकमा एक ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ४९ कायम रहेको र थप संक्रमित फेला नपरेको जानकारी दिएका छन्।

विराटनगरमा ३० जना, वीरगञ्जमा ५ जना, धनगढीमा र भरतपुरमा एक–एकजनासहित ३७ जना कोरोना संक्रमित उपचारको क्रममा रहेका छन्। ती सबैको स्वास्थ्यस्थिति सामान्य रहेको उनले बताए। प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या बढ्दो छ। शनिबार भरतपुर अस्पतालमा उपचारको क्रममा रहेका २७ बर्षीया पुरुषको दुई पटक पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ पुगेको हो।

हिजो धौलागिरी प्रादेशिक अस्पताल बाग्लुङमा उपचाररत १९ वर्षीया युवती रोगमुक्त भएर घर फर्किएकी थिइन्। उनी चैत ४ मा बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन्। शनिबारसम्म देशभर शंकास्पद संक्रमित ८७ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८४ जना रहेका छन्।

शनिबार १४ हजार ७ सय ३१ क्वारेन्टाइनमा रहेका छन् । बाग्मती प्रदेशमा सबैभन्दा थोरै एक सय ३१ जना र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म पिसिआर पद्दतीबाट ९६६६ जनाको परीक्षण गर्दा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिश्व स्वास्थ्य संगठन(WHO) ले नेपाल कोरोना संक्रमणको रेडजोनमा नरहेको निष्कर्ष निकाल्दई रेडजोनबाट हटाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार