अब फेसबुकमा ५० जनासम्म एकैसाथ भिडियो कुराकानी गर्न सकिने, जुमलाई टक्कर

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1206 पटक हेरिएको

vision-online-advertise

अमेरिका, बैशाख १३ ।

सामाजिक संजाल फेसबुकमा अब ५० जनासम्म भिडियो चार्ट गर्न मिल्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले निशुल्क रुपमा श्रब्य दृश्य÷भिडियोमा ५० जना सम्म एकैचोटी कुराकानी गर्न सकिने नयाँ विशेषता थप गरी ल्याइएको जनाएको छन् । उनले स्वयम् अप्रिल २४ का दिन प्रत्यक्ष प्रसारण आफै गरि कोरोना भाइरसमा घरमै बस्नु परेकोले नयाँ चिज ल्याएको प्रयोगकर्तालाई फेसबुकमार्फत जानकारी गराएको थियो ।

उनले आफ्नै नामबाट प्रत्यक्ष प्रसारण गरि ल्याएका सबै चिजको बिशेषताको बारेमा प्रकाश पारे । वर्तमान समयमा पछिल्लोम समय जुमले बिश्व नै पकड गर्दै गरेको अवस्थामा उनले उक्त खतरालाई चुनौती दिन नयाँ बिशेषता ल्याएका हुन् । उनले घोषणा गरे पछि जुमको बजार भाउ खस्किन थालेको चर्चा चल्न थालेको छ । नया आकृतिमा मेसेन्जर रुम नामक विशेषता रहेको छ जसमा हामीले ५० जना सम्म समूह एकै साथ निर्माण गर्न सक्दछौ । आज उक्त घोषणा गर्नु अगाडी सम्म केवल ८ जना मात्र समूह बनाउन सकिन्थ्यो ।


व्हाट्सअप र फेसबुकबाट दैनिक रुपमा ७०० सय मिलियन मानिसहरु कुराकानी गर्ने उनले बताए । भिडियोमा कुराकानी अन्तर्गत मेसेन्जर रुम उक्त नयाँ विशेषतामा रहेको छ । जस्मा प्रयोगकर्ताले ५० जना सम्मलाई साथीहरुसँग एकै पटक भिडियो कुराकानी गर्न सकिने भनिएको छ ।

जुमको बजार ३ प्रतिसतले दैनिक बढ्ने गरेकोमा उक्त समाचार र जुकरबर्गले प्रत्यक्ष प्रसारण गरे पछि ५ प्रतिसत मुनि झरेको छ । ५० जनालाई सीमित गरिएको मेसेन्जर रुम सेवा हाल तुरुन्तै चाही उपलब्ध छैन । तर जुमले कम्तिमा १०० जना संग ४० मिनेट सम्म गर्न दिने प्रविधि बनाएको छ ।

तर फेसबुकले निर्माण गरेको उक्त सेवामा भने समयको सीमितता छैन । जसले गर्दा फेसबुक र मेसेन्जर पहिलेनै भएका प्रयोगकर्ताले उक्त सेवा लिन सक्नेछ। उसले कसैलाई पनि प्रवेश दिन सक्ने छन भने जसको फेसबुक एकाउण्ट नै छैन भने पनि उसलाई समेत जोड्न मिल्न सकिने बिषेशता रहेको छ ।

मेसेन्जर रुम आज शुक्रबार देखि नै गर्न सकिने छ भने अर्को हप्ता सम्म अन्य अरु क्षेत्रमा विस्तार गरिने छ । यसको साथै व्हाट्सअपमा पनि पहिले ४ जना मात्र जोडिन सकिन्थ्यो भने हाल ८ जना सम्म जोड्न सकिने बनाएको छ । साथै उनको अर्को सामाजिक संजाल इन्सटाग्रामबाट पनि प्रत्यक्ष प्रसारण गरिन सकिने भएको छ ।

श्रोत :सिएनबिसी

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार