तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी, ११,८४५ मत सहित वाग्लेको अग्रता कायमै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  235 पटक हेरिएको

तनहुँ, वैशाख ११ । 

तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १५ वडाको मत गणना सकिएको छ।

२३२६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। यहाँ  ६३ हजार ७ सय ५७ मत खसेको छ।

अहिलेसम्मको परिणामअनुसार वाग्लेले ११८४५  मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले  ७०५९ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ४०३३ मत ल्याएका छन्।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी-३, आँबुखैरेनी-४,  भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु-४ र भानु-११, ऑबुखैरेनी-६, भानु-५, भानु-६, देवघाट-१ को मतगणना सकिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार