थप दुई जनामा संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भई घर फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  623 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख ११ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । हालसम्म ९१९९ जनामा गरिएको परिक्षणमा ४७ जनामा भने संक्रममण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहिबार नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।


पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु उपचारपछि डिस्चार्ज भएको जानकारी दिएका हुन् । संक्रमितहरु मध्ये ९ जना निको भइसकेका छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार