उदयपुरमा १ जना कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  713 पटक हेरिएको

vision-online-advertise

उदयपुर, बैशाख ९ ।

उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो।


आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार