नेकपामा तरंग केहीबेरमा नेकपाको सचिवालय बैठक बस्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1551 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख ८।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्रि ओलि पार्टीभित्र अल्पमतमा छन । पार्टीभित्र र संसदीय समितिमा समेत आफु अल्पमत परेपछी प्रधानमन्त्रि ओलि तनावमा थिए । पार्टीभित्र प्रचण्ड हावी भएपछी निर्णय पनि बहुमतको आधारमा हुदै आएकोमा प्रधानमन्त्रि ओलिले बारम्बार निर्णय बिरुद्द अभिव्यक्ति दिदै आएका थिए । पछिल्लो घटनाक्रमले पनि प्रधानमन्त्रि ओलि पार्टी फूटाउन उद्दित भएको देखिन्छ । यसै सन्दर्भ र सरकारको निर्णयसम्बन्धि छलफलको लागि अहिले साढे पाँच बजे सचिवालय बैठक बस्नेछ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार