नेपालको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’, प्रधानमन्त्रिद्धारा औपचारीक उद्घाटन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  309 पटक हेरिएको

काठमाडौं, वैशाख ३ ।

नेपाल औपचारिक रुपमा सुरुङ्गमार्गमा प्रस्थान गरेको छ । नेपालको पहिलो र लामो सडक यातायात प्रयोजनमा प्रयोग गर्ने सुरुङ मार्गमध्ये नेपालको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिएको) छ । संघीय राजधानी काठमार्डौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा निर्माणाधीन यो सुरुङमार्गको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।

यससँगै मुलुकको सुरुङमार्ग तर्फको यात्रा समेत सुरु भएको प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनु भयो । २०७६ कात्तिकबाट निर्माण थालिएको सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । ‘ब्रेक थ्रु’ का लागि दुई मिटर बाँकी राखिएको थियो । सोमबार प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । नागढुंगा र सिस्नेखोलाको दुवैतर्फबाट खनिएको सुरुङमार्ग सोमबार औपचारिक रुपमा छिचोलिएको हो । यसरी सुरुङ छिचोलिए पनि तत्काल सवारीसाधन आवतजावत भने हुने छैन ।

यहाँ सुरुङभित्र र बाहिर सुरुङमार्गसँग सम्बन्धित अन्य काम भने पूरा हुन बाँकी छ । सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डुमरुका अनुसार सुरुङ छिचोलिएको कम्तीमा एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको बताएका छन । उक्त सुरुङ्गमार्गको सहायक सुरुङ्गमार्ग भने निर्माणाधिन रहेको बताएका छन । मुख्य सुरुङ्गमार्ग भने औपचारिक रुपमा नै ब्रेक थ्रु भएको छ भने सहायक सुरुङ्गमार्गको भने केहि समय लाग्ने आयोजना प्रमुखले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार