
काठमाण्डौँ, बैशाख २ ।

अहिले नेपाल सरकारले बिदेशबाट घर आएका नेपालीहरुको तिब्र रुपमा कोरोना परिक्षण गरिरहेको छ । र्यापिड किडको माध्यमबाट देशैभरी परिक्षण थालिएको हो । हालसम्म काभ्रे, धादिङ्ग र गोरखामा बिदेशबाट आएका नेपालीमा नोबेल कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई अहिले स्थानीय सरकारले हस्पिटल भर्ना गरिएको छ ।
धादिङ
धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ। दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जनामा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो। विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। २७ वर्षीय ती युवालाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए। गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने सबैको हरुलाई सबै गाउँपालिकामा र्यापिङ टेस्ट सुरु गरिएको छ। मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो।
गोरखा
विदेशबाट फर्किएका गोरखाका एक युवाको र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ। मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए। ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ। उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्। यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।
काभ्रे
काभ्रे र्यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक(एक जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ। बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन्।
