अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,०८,७७० पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1127 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ३० ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ। त्यहाँ एकै दिन ३० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ छ। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ।


अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा हिजो मात्र ९ सय १७ जनाले ज्यान गुमाएका छन । यो सँगै बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ। यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार ९९ जना पुगेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट बिश्वभरी हालसम्म १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ४ लाख २ हजार ७ सय ०९ जना उपचारपछि निको भएका छन्। पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। भारतमा पनि कोरोना भाईरस संक्रमितको संख्या आठ हजार ४ सय ४६ पुगेको छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरसका कारण दिन प्रतिदिन अवस्था जटिल बन्दै गएकाले सकेसम्म हतोत्साही नभई संयमतापूर्वक जीवनयापन गर्नुहुन अनुरोध गर्दछौं ।

कोरोना भाइरसका सम्बन्धमा आवश्यक विभिन्न सूचनाहरु हामीले निरन्तर प्रकाशन गर्दै आइरहेका छौं । हाम्रो फेसबुकपेज भिजन अनलाईन न्युज (फेसबुक फलोको लागि यहाँ), (ट्विटर फलोको लागि यहाँ) (भिजन टि भि च्यानल सब्सक्राईबको लागि यहाँ क्लिक गर्नुहोला)लाई निरन्तर फलो गर्नुहोला ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार