बेलायतमा कोरोना भाइरसका कारण १९ स्वास्थ्यकर्मी सहित ९ हजार ८ सय ७५ को मृत्यु

  भिजन लाईन न्युज संवाददाता प्रकाशित:  644 पटक हेरिएको

vision-online-advertise

लन्डन, चैत २९ ।

बेलायती स्वास्थ्य मन्त्रि

बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट १९ जना स्वास्थ्यकर्मीको निधन भएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले भने, निकै दुखका साथ भन्‍नुपर्छ । राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत १९ जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उहाँको परिवारजनमा गहिरो समवेदना ।अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्री हानककले कोरोना भाइरसबाट मृत्यु हुने स्वास्थ्यकर्मीहरुमा अल्पसंख्यक समुदायबाट भएकोतर्फ संकेत गरेका छन् ।


बेलायतमा इटालीमा सबभन्दा बढी मृत्यु भएको दिनकोभन्दा बढी कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको जनाइएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ भने कोरोना संक्रमित ७८ हजार ९ सय ९१ पुगेको छ । हालसम्म बेलायतमा उपचार पछी ३ सय ४४ जना घर फर्किएका छन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार