कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा प्रचण्डको जोड

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  913 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, चैत २८ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्। बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल रहेको एक उच्च स्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताए।


‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु,’ प्रचण्डले भने, सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ। प्रचण्डले त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्ने आफूलाई लागेको पनि बताएका छन्।

‘मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु, प्रचण्डले भने, ‘अरूको नेतृत्वमा होइन, प्रधानमन्त्रीकै नेतृत्वमा संरचना बनाउनुपर्छ।’

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच कम छलफल भएको भन्नेजस्ता विषय हालैको सचिवालय बैठकमा सचिवालय सदस्यहरूले राखेको पनि उनले बताए। पछिल्लो समय मुलुक लकडाउनमा रहेकोले प्रत्यक्ष छलफल र कुराकानीमा भने कमी आएको प्रचण्डले बताए ।

भिजन टि.भी हेर्नको लागि हामीलाई Subscribe गर्नुहोला ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार