लकडाउनको समयसीमा थपियो, बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  912 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, चैत २४ ।

सरकारले लकडाउनको समय थप गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको थियो । सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो ।  आज दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिएर बैशाख ३ सम्म पूर्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन करिब एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई लम्ब्याएर बैशाख ३ गते १२ बजेसम्म पूर्याएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार