भाईरल चियावालीको पहिलो म्युजिक भिडियो कफि खाँउ कि चिया सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1283 पटक हेरिएको

काठमाण्डौँ, चैत्र १७ ।  

काठमाण्डौँ स्थित कलंकीमा बिहान बिहान बस तथा माईक्रोमा चिया भेचिहिढ्ने नुवाकोटकी ‘चियावाली’ सृष्टी तामाङको कथामा आधारित लोक गीतको भिडियो सार्वजनिक भएको छ । हालै समाजिक सञ्जालहरुमा भाइरल भएकी ‘चियावाली’ सृष्टी तामाङ समेतले अभिनय गरेको गीत ‘कफी खाउँ कि चिया’ को भिडियो सार्वजनिक भएको हो।

लोकलयमा सजिएको उक्त गीत राजेन्द्र भण्डारीद्धारा सिर्जना गरिएको हो भने गीतमा राजेन्द्र भण्डारी स्वयमले स्वर र संगीत समेत भरेका छन् । महेन्द्र भण्डारीले संगीत संयोजन गरेको सो गीतको आवाज खड्क बाजुरालीले मिक्सिङ गरेका हुन् । चर्चित गायिका कल्पना दाहाल र राजेन्द्र भण्डारीको स्वरमा सजिएको सो गीतलाई राजेन्द्र बाजुराली र गोविन्द पराजुलीले रेकर्ड गरेका हुन् । उक्त गीतको भिडियोमा सृष्टी तामाङ ‘चियावाली’, अर्जुन कुँवर ‘पितृ बुढो’ भीम केसी र स्मृती पुन लगायतको अभिनय रहेको छ ।

गुरुआमा फिल्मसले अडियो, भिडियो निर्माण गरेको सो गीतको भिडियोलाई स्मृती तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकि हुन् । प्रकाश धमलाले सम्पादन गरेको सो भिडियोका दृश्यलाई सुरेश श्रेष्ठले क्यामरामा कैद गरेका हुन् । उक्त गितको भिडियो गुरुआमा फ्लिम्सको अफिसियल युबट्युब च्यानलबाट सोमबार मात्र रिलिज गरिएको हो । उक्त भिडियो युबट्युबमा आपलोड गरेको २४ घण्टामा नै २ लाख ३३ हजार दर्शकले हेरिसकेको छ ।

उक्त गितको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार