काठमाण्डौँ, चैत १२ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सर्वसाधारण नागरिकको कोरोना परीक्षण गर्न सुझाव दिएका छन् । कोरोना भाईरस संक्रमण नियन्त्रण र चासो दिने नेता तथा पुर्व मन्त्रिहरुमा अग्र पंक्तिमा रहेका थापाले सरकारलाई बारम्बार कोरोना नियन्त्रणको सम्बन्धमा घचघचाई रहेको छ ।
“प्रधानमन्त्रीज्यू, यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, त्यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु,” थापाले पत्रमा भनेका छन् ।
उनले सरकारले गरेका पछिल्ला काम स्वागतयोग्य भए पनि नेपाल प्रवेश गर्ने सबैलाई चेकजाँच र क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।
यस्तो छ थापाले प्रधानमन्त्रीलाई लेखेको पत्र