काठमाण्डौ, चैत १२ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । तर उनी विदेशबाट आएका या नेपालमै रहेका भन्ने मन्त्रालयले खुलाएको छैन ।
यसअघि एक जनालाई कोरोना लागेर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।