आदिवासी जनजाति महासंघको १० औँ महाधिबेशन नवलपरासीमा जारी, कांग्रेस–एमालेबीच गठबन्धनको तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  698 पटक हेरिएको

काठमाडौं, चैत १० ।  

हाल नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन नवलपरासीमा जारी रहेको छ । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ ।

नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् । एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सबै टुंगिसकेको छैन, अहिले छलफल गरिरहेका छौं,’ उनले भने । नाम टुंग्याउनेबारे छलफल भइरहेको उनले बताए ।

कांग्रेसलाई अध्यक्ष दिएर अन्य पदाधिकारी एमालेले लिने तयारी गरिरहेको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार नै उम्मेदवारको मनोनयन दर्ता हुने छ । कांग्रेस र एमालेले एउटै प्यानल बनाउने भएपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी निकट संगठनको अर्को प्यानल बनाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार